आफ्नो एफ एम - मानव विकास तथा सामुदायिक सेवा (HDCS) द्धारा ओखलढुङ्गामा सञ्चालित पहिलो सामुदायिक रेडियो हो । जसले मानव विकास, सेवा र समुदाय रुपान्तरणको लागि काम गर्दछ ।
हाम्रो सानोतिनो असावधानी या अज्ञानताले जीवनमा ठूलो समस्या निम्तिन सक्छ । वास्तवमा हाम्रो समाजलाई नियाल्ने हो भने यस्ता थुप्रै घटनाहरु पाईन्छ । र यस्ता जानअन्जान गलत कार्यहरु हामीहरुबाटै भईरहेको हुन्छ । आज यस्तै एउटा कथा प्रस्तुत गर्नेछु ताकि यस कथाबाट हामीले सिक्न र सचेत भएर यस्ता दुर्घटनाबाट बच्न सकौं भन्ने मेरो उद्देश्य हो । सुनिता तामाङ ओखलढुंगा खिजिदेम्बा गाउँपालिका खिजिफलाटेका हुन । उनी ओछ्यान परेको १ वर्ष बढि भईसक्यो । उच्चरक्तचापको समस्याले उनी ढल्न पुगे । आर्थिक अवस्था कम्जोर भएका उनको रिनपान गरेरै उपचार गरे पनि हातखुट्टा चल्न सकेका छैनन । उपचार गर्दाको रिनको भारले थिचेको छ । यसरी उनी स्वस्थ नहुनु, रिनको भार र सानो नानीहरु उनीहरुको अवस्थाले उनमा मानसिक समस्या समेत देखिन थालेको छ । म उनकै घरमा पुगेर सुनिता र उनका श्रीमानसँग कुराकानी गरेकी छु । बाँकी चाहि उनीहरुसँगको कुराकानी बाट न ै ःःःःःःःःः
रक्स्याहापन एउटा सामाजिक रोग हो । अधिकाँश अपराधका घट्नाहरु मादक पदार्थ सेवनकै कारण हुने गरेको छ । मादक पदार्थ सेवनले धन,जन र मनको क्षति गर्दछ । खास रक्स्याहापन के हो ? मानिसहरु कसरी रक्सीको लतमा फस्दछन ? रक्सीले कसरी सामाजिक, आर्थिक, मानसिक र स्वास्थ्यमा असर गर्दछ ? कसरी रक्स्याहापनबाट बच्न सकिन्छ ? यसबारे मैले ओखलढुंगा सामुदायिक अस्पताल सामाजिक विभागका मनोविमर्शकर्ता जङ्गी राईसँग कुराकानी गरेकी छु । कार्यक्रमका लागौं कुराकानी तर्फ नै ःःःःःःः
रिता कुमारी श्रेष्ठ ओखलढुंगा खिजिदेम्बा रगनीका हुन । उच्चरक्तचापको समस्याका कारण उनी ढल्न पुगे । उनको उपचारको लागि लाखौं खर्चिए पनि उनी पुर्ण रुपमा निको हुन सकिनन । उनका दुई सन्तान पनि छन । उनमा समयस्या भए पछि उनको हेरचाह उनका बुबाआमाले नै गर्दै आएका छन । मानसिक सन्तुलन गुमे पछि उनले आफुले के बोल्दैछु भन्ने कुरा पनि हेक्का हुँदैन । उनी कतै बाटो लागे भने घर फर्किन जान्दिनन । त्यसैले उनलाई एउटा कोठा भित्र थुनेर राख्न उनका आमाबुबा बाध्य छन । उनीहरुकै घरमा पुगी रिता र उनका बुबासँग भलाकुसारी गरेकी छु । बाँकी चाँहि भलाकुसारीबाट नै ःःःःःःःःः
श्रोता आजको बसाईमा मानसिक रोगका प्रकारहरु मध्ये छारेरोगको बारेमा जानकारी पाउन सक्नु हुनेछ । यसलाई कतिपय ठाउँमा छोपुवा व्यथा पनि भन्ने गरिन्छ । छारे रोग भनेको के हो ? के कारणले यो रोग लाग्ने गर्दछ ? छारेरोग लागेको कसरी थाहा पानउे ? र यसको उपचारबारे ओखलढुंगा सामुदायिक अस्पतालमा सेवारत डाक्टर शिखा मास्केसँग कुराकानी गरेकी छु । कार्यक्रममा लागौं कुराकानी तर्फनै ःःःःःःःःःःःःःःःःःःःःः
सबै समस्याको समाधान आत्महत्या होइन । बरु आत्महत्याले धेरै समस्याहरु निम्त्याउँदछ । श्रोता गतहप्ता यसै ओखलढुंगा सामुदायिक अस्पतालका नर्सिङ्ग प्रमुख कृष्टिना पृथीसँग गरिएको कुराकानी सुन्दा सुन्दै कार्यक्रमको निर्धारीत समय सकिएको थियो । र कुराकानीको बाँकी अंश आजको कार्यक्रममा जोड्ने बाचा गरेकी थिएँ । यसर्थ अब लागौं कार्यक्रममा कुराकानी तर्फ नै ःःःःःःःःः
आत्महत्याका थुप्रै कारणहरु छन । तर धेरै मानिसहरु मानसिक समस्याबाट गुज्रिएर आत्महत्यासम्म पुग्दछन । आत्म हत्या गर्न कसैलाई रहर हुँदैन । अनि सबैलाई थाहा छ कि आत्महत्या गर्नु महापाप हो । तर पनि आज विश्वमा आत्म हत्या गर्नेको संख्या वृद्धि भईरहेको छ । सन २०२१ २२ मा विश्वमा ७ लाख भन्दा धेरै मानिसहरुले र नेपालमा ७ हजार भन्दा बढिले आत्महत्या गरेको तथ्यांकमा छ । र पछिल्लो समय ओखलढुंगामा पनि आत्महत्या वृद्धि भईरहेको छ । तसर्थ आजको बसाईमा आत्महत्या के हो ? मान्छेले किन आत्महत्या गर्छ ? यसैबारेमा जानकारी पाउनु हुनेछ । मैले ओखलढुंगा सामुदायिक अस्पतालका नर्सिङ्ग प्रमुख कृष्टिना पृथीसँग कुराकानी गरेको छु । कार्यक्रममा लागौं कुराकानी तर्फ नै ःःःःःःःःः
वाङ्डु शेर्पा परिवारको जेठा सन्तान हुन । १४ वर्ष पुगिसके तर उनी जन्मै अपाङ्गता हुन । ओखलढुंगा खिजिदेम्बा भुसिङ्गा उनको घर । वाङ्डा बोल्न, हिंड्डुल गर्न सक्दैनन । सबै कुरा अरुले नै गरिदन पर्छ । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत सञ्चालन भएका सबै परियोजना मार्फत त्यो परिवारले सहयोग प्राप्त गरेको छ । हाल अस्पताल अन्तर्ग समुदायमा आधारिक पुर्नस्थापना कार्यक्रमले पनि त्यो परिवारलाई सघाई रहेको छ । मैले वाङ्डु शेर्पाका बुबा फुर्वा वाङ्डु शेर्पा र पुर्नस्थापना कार्यक्रमका सामाजिक परिचालक ङिम्टि शेर्पासँग भलाकुसारी गरेको छु । अब कार्यक्रम लागौं भलाकुसारी तर्फ नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
आजको बसाईमा मानसिक रोग सम्बन्धि केही जानकारी पाउन सक्नु हुनेछ । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत मानसिक स्वास्थ्य विभागका परामर्शकर्ता अम्बिका पुलामीसँग कुराकानी गरेकी छु । कार्यक्रममा कुराकानी तर्फ नै ःःःःःःःःः
आजको बसाईमा १४ वर्ष देखि मानसिक समस्या भोगिरहेका एक परिवारको दुःखद कथा सुन्ने छौं । धन बहादुर बस्नेत ओखलढुंगा खिजिदेम्बा भुसिङ्गाका हुन । १४ वर्ष अघि देखि उनका श्रीमती मानसिक रोगले ग्रसित छिन । उपचारका लागि केही अस्पतालहरुमा पनि नलगेको होइन । तर पनि केही सीप नलागे पछि परिवारै पिडित बनेका छन । अहिले ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारिक पुर्नस्थापना कार्यक्रमको सहयोगमा उपचार पाउन थाले पछि श्रीमतीको समस्या केही कम भएको छ । मानसिक समस्याबाट पिडित परिवारको बारेमा मैले धन बहादुर बस्नेतसँग भलाकुसारी गरेको छु । अब कार्यक्रममा लागौं भलाकुसारी तर्फ नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
सरकारले अपाङ्गता भएकाहरुलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । तर अपाङ्गता भएका व्यक्तिहरुलाई यसबारे थाहा नुहुनु, शिक्षकहरुले चासो नदिनाले यस सेवाबाट अपाङ्गता भएका व्यक्तिहरु वञ्चित भएका छन । आजको बसाईमा एक अपाङ्गताका अभिभावक, शिक्षक र अपाङ्गता समन्वय समितिका सदस्यसँग गरिएको भलाकुसारी सुन्नेछौं । तिलक कुमार विश्वकर्मा ओखलढुंगा खिजिदेम्बा रावादोलुका हुन । उनका कान्छा छोरा शारिरीक रुपमा अपाङ्गता छन । तिलकसँग सासायिक विषयमा छलफल गरिएको छ । अब बाँकि चाँहि भलाकुसारीबाट नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
चित्र माया सुनुवारमा १२ १३ वर्षको उमेर देखि मानसिक समस्या शुरु भयो । उनका परिवारले उपचारका लागि कयौं धामीझाँक्री देखि लिएर बाबाजी, सन्यासी कहाँ पुर्याए । अस्पताल पनि नपुर्याएका होइनन । तर उनको समस्या २० देखि १९ मा झरेन । अनि उनले २५ वर्ष भन्दा बढि एउटा खोरमा पशु झैं जीवन बिताई रहेकी छिन । खै उनका लागि मानव अधिकार लागु हुन्छ कि हुँदैन ? मानव अधिकारवादीहरुलाई सोध्न मन छ । म केही समय अघि उनको घरमा पुगें । उनको घर जाँदै गर्दा अचानक भिषण वर्षा भयो । निथ्रुक्कै भिजेको भएता पनि चित्र मायाको अवस्था देख्दा आफु भिजेको वा चिसो असजिलो भको महसुसै भएन । ओखलढुंगा खिजिदेम्बा ६ वन्सेमा उनको घर । मैले चित्रमायाको बुबा र आमासँग भलाकुसारी गरें । ती वृद्ध भईसकेका आमाबुबाको मनमा चित्रमाया कै लागि चिन्ता देखिन्थ्यो । अब बाँकी चाँहि कुराकानी बाट नै ःःःःःःःःः
आज ओखलढुंगा जिल्लाको पल्लोछेउ भुसिङ्गाका एक अपाङ्गता भएकी बेद माया बस्नेत र उनका श्रीमानसँग गरिएको भलाकुसारी सुन्न सक्नु हुनेछ । बेद मायालाई उच्च रक्तचापले ढाले पछि अपाङ्गता हुन पुगिन । उनको दाहिने पट्टिको हात र खुट्टा चल्दैन । उनको स्याहार उनका श्रीमानले गर्दै आएका छन । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका कर्मचारीले फिजियो थेरापीमा सहयोग गरे पछि उनमा केही सुधार आएको छ । यसै कार्यक्रमले उनीहरुको आँगनमा व्हीलचियर गुडाउन मिल्ने, अपाङ्गता मैत्री चर्पी बनाउन सहयोग गरेको रहेछ । अब उनीहरुको घरैमा पुगी उनीहरुसँग गरिएको भलाकुसारी सुनौं ःःःःःःःःःःःःःःःःःःःःःःःः
आजको बसाईमा एकजना शारिरीक अपाङ्गता भएका व्यक्तिसँग गरिएको भलाकुसारी सुन्न सक्नु हुनेछ । नेत्र बहादुर कार्की ओखलढुंगाको खिजीदेम्बा रावादोलुका हुन । उनी त्यो वडाको अपाङ्गता समन्वय समिताका अध्यक्ष पनि हुन । अब बाँकी चाहिँ कार्कीसँग गरिएको भलाकुसारीबाट नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
छेवाङ तामाङ ३२ वर्षका भए । उनको ओखलढुंगा खिजिदेम्बा ५ खिजिफलाटे हो । उनलाई मानसिक समस्या शुरु भएको १० वर्ष भन्दा बढि भयो । उपचारको लागि काठ्माण्डौसम्म नपुगेका पनि होइनन । तर मैले बुझे अनुसार उनले निरन्तर औषधी सेवन गरेनन । अब बाँकी चाँहि उनकै घरमा पुगेर छेवाङ र ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित पुर्नस्थापना कार्यक्रममा सेवारत उनकी बहिनी रेजिना तामाङसँग गरिएको कुराकानी सुनौं ःःःःःःःःः
अपाङ्गता भएका व्यक्तिलाई जति पिडा हुन्छ त्यस्तै पिडा उनका परिवारलाई पनि हुन्छ । म ओखलढुंगाको खिजीदेम्बा रावादोलु पुग्दा एउटा घरमा वृद्ध बाबा र दुई जना बोल्न नसक्ने अधवैंसे पुरुष घरको आगनमा थिए । उनीहरु अपाङ्गता हुन भनेर ठम्याउन गाह्रो थिएन । नजिकै अर्को घर पनि थियो । तर मलाई मनमा ती वृद्ध र दुई जना पुरुषहरु मात्रै घरमा बस्ने हुन कि भन्ने जिज्ञासा लागेर सोध्दा त्यहाँ नजिकै भएको घर ती वृद्ध बुबाका कान्छा छोराका घर रहेछ । उनीहरुको बारेका केही बुझ्न मन लाग्यो । उनका कान्छा छोरासँग कुरा गर्न मन लाग्यो । साँझ पर्न लागेको थियो तर पनि मलाई उनीहरुको बारेमा केही बुझ्न मन लागेकोले भलाकुसारी गरेकी छु । अब बाँकी चाँहि ती वृद्ध बुबाका कान्छा छोरासँगको भलाकुसारी सुनौं ःःःःःःःःःःःःःःःःःःःःःःःः
चन्द्रिका सुनुवार ओखलढुंगा खिजिदेम्बा १ रगनीका हुन । उनी ओभरसियर इन्जिनियर हुन । उनका जेठो दाई नेपाली सेनामा सेवा गर्थे । नेपाली सेनाबाटै शान्तिसेनाका लागि उन्डेसिया पुगेका थिए । तर उनको मुटुको क्यान्सर भए पछि ८ महिना मै नेपाल फर्किए । सैनिक छाउनी अस्पतालमा उनको उपचार हुँदै थियो । चन्द्रिकाले आफ्नो बिरामी दाईको स्याहार गरिन । उनी बिशेषकाम लिएर केही दिनको लागि घर आएका थिए । त्यहि समयमा उनको दाईको निधन भयो । दाईको मृत्युको दुःखद खबरले चन्द्रिकामा मानसिक रोग शुरु भयो । उनले निन्द्रा, भोक प्यास थाहा पाएनन । एकोहोरो, दौडेको दौडेई, उनले परिवारको कसैलाई चिन्दैनथे । परिवारले धामीझाँक्रीमा धेरै खर्च गर्यो । धामीले पनि भुतप्रेत टुनामुना लगाएकोले उनलाई जुनसुकै ठाउँमा लगे पनि उपचार नहुने बताए पछि परिवारमा सहिनसक्नुको पिडा भयो । चन्द्रिकाको माईला दाई अपाङ्गता हुन । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका कर्मचारीले उनको दाईलाई भेट्न पुग्दा चन्द्रिकाको त्यो बेहाल देखे पछि उनीहरुले उनलाई मानसिक समस्या भएकोले उपचारमा लैजान सल्लाह दिए । सल्लाहसँगै रेफरको चिठ्ठिी आउने जाने गाडीभाडा समेत संस्थाले प्रदान गर्यो । पाटन मानसिक अस्पतालमा करिब डेढ महिना उपचार गरे पछि अहिले चन्द्रिका निको भएकी छिन । म केही दिन अघि चन्द्रिका कै घरमा पुगी उनी, उनका अपाङ्गता दाई, आमा र बुबासँग कुराकानी गरेको छु । अब बाँकी चाँहि कुराकानी बाट न
जीत माया परियार शारिरीक अपाङ्गता हुन । ओखलढुंगा खिजिदेम्बा १ रगनी उनको घर । उनी जन्मिदै अपाङ्गता जन्मिन । उनको खुट्टा अलि छोटो छ र सानो पैंताला फर्केको कारण हिंन्डुल गर्न सहज छैन । उनले यसै वर्ष एसईईको परिक्षा दिएकी छिन । उनको संघर्षको कुराले म पनि चकित भएँ । किनकी अरु १५ २० मिनेटमा हिंडेर पुग्ने विद्यालयमा उनी ३ घण्टा लगाएर हिंडेर जान्थे । मैले भेटेको मध्ये यति दुःख र मेहनत गरेर पढेको पहिलो व्यक्ति हुन जीतमाया । जीवनमा धेरै दुःख संघर्ष गरेर उनी यहाँसम्म आईपुगेकी छिन । तर २ वर्ष अघि ओखलढुंगा सामुदायिक अस्पतालले सिबीआर अर्थात समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम उनकै गाउँमा पुग्यो । जसले जीतमायालाई उनको खुट्टामा फिजियो थेरापी गरिदियो र वैशाखी पनि प्रदान गरे पछि भने उनलाई धेरै सहज भयो । तसर्थ कक्षा १० भने उनको विद्यालय पुग्न लाग्ने ३ घण्टा समय घटेर ४५ मिनेटमा पुग्न थाल्यो । केही दिन अघि उनकै घरमा पुगी जीतमाया र उनकी आमासँग भलाकुसारी गरेकी छु । उनको घरमा पुग्दा पानी परिरहेकोले अलि असहज भएको थियो । अब बाँकि चाँहि भलाकुसारीबाट नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
श्रोता गत हप्ता तपाईले ओखलढुंगामा मानसिक रोगीहरुको लागि सेवा पुर्याउँदै आउनु भएका नेपालका सिनियर मनोरोग चिकित्सक विद्यादेव शर्माको अनुभव र भोगाई बारे गरिएको कुराकानी सुन्दा सुन्दै कार्यक्रमको निर्धारित समय सकिएको थियो । त्यसैके कुराकानीको बाँकी अंश आजको कार्यक्रममा पस्कने बाचा गरेकि थिएँ । तसर्थ अब कार्यक्रममा लागौं चिकित्सक शर्मासँग गरिएको कुराकानी तर्फ नै ःःःःःःःःः
होचोपुड्को पनि अपाङ्गताको एक समस्या हो । सामान्यतया भन्दा उच्चाई कम हुनु होचो पुड्को हो । यस्ता किसिमका अपाङ्गता भएका व्यक्तिहरु पनि हाम्रा समाजमा छन । आज यस्तै होचोपुड्कोको समस्या भएको एक व्यक्तिसँगको कुराकानी सुन्ने छौं । केशर बहादुर भुजेल खिजिदेम्बा रावादोलुका हुन । उनमा होचोपुड्कोको समस्या छ । अपाङ्गता भएकै कारण उनले आफ्नै परिवारबाट समेत हेलाहेल्सि खेप्न पर्यो । अहिले पनि उनी एक्लै संघर्ष गरिरहेका छन । अब बाँकी चाँहि भुजेसँग गरिएको भलाकुसारी बाट
आजको बसाईमा एक घरको दुई दाजुभाईको कथा सुनाउने छु । ओखलढुंगा खिजिदेम्बा रावादोलुका तिलक बहादुर र उनका दाई शिव वहादुर बस्नेत दुवै जना अपाङ्गता हुन । तिलक कुष्ठरोग लागेर र उनको दाई जन्मै अपाङ्गता हुन । ६७ वर्षका तिलक र उनका दाई दुवै अविवाहित हुन र उनीहरु दाजुभाई मात्रै घरमा बस्छन । अपाङ्गता र अत्यन्तै आर्थिक अवस्था कम्जोर भएका उनीहरुलाई ओखलढुंगा सामुदायिक अस्पतालले उनीहरुलाई टेवा दिदै आएको छ । अब बाँकी चाँहि उनीहरुको घरैमा पुगी उनीहरुसँग गरिएको भलाकुसारी सुनौं ःःःःःःःःःः
लामो समय देखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ओखलढुंगामा मानसिक रोगीहरुको लागि सेवा पुर्याउँदै आउनु भएका नेपालका सिनियर मनोरोग चिकित्सक विद्यादेव शर्मासँग गरिएको कुराकानी सुन्न सक्नु हुनेछ । उहाँले जिल्लामा काम गर्दाको अनुभव, भोगाई र अहिले ओखलढुंगा सामुदायिक अस्पतालले मानसिक समस्याबारे दिन शुरु गरेको सेवाबारे छलफल गर्ने छौं । बाँकि चाँहि नेपालका सिनियर मनोरोग चिकित्सक विद्यादेव शर्मासँग गरिएको कुराकानी सुनौं ःःःःःःःःः
डिप्रेसन के हो ? डिप्रेसन रोग लाग्यो भनेर कसरी थाहा पाउने ? यदि कुनै पनि व्यक्तिमा डिप्रेसन भएमा यसको कसरीे व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारेमा मैले ओखलढुंगा सामुदायिक अस्पताल मानसिक स्वास्थ्य विभागका मनोरोग नर्स सोनी भडेलसँग कुराकानी गरेकी छु । कार्यक्रममा लागौं कुराकानी तर्फ नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
आजको बसाईमा चिन्ता व्यावस्थापनको विषयमा जानकारी पाउनु हुनेछ । चिन्ता के हो ? कस्तो अवस्थामा चिन्ता रोग बन्न सक्छ ? र कसरी आफै चिन्ताको व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारेमा मैले युएनएफपिए ओखलढुंगाका संयोजक रेखा श्रेष्ठसँग कुराकानी गरेकी छु । कार्यक्रममा लागौं कुराकानी तर्फ नै ःःःःःःःःःःःःःःःःःःःःःःःः
ओखलढुंगा खिजिदेम्बा खिजीफलाटेका फुर्वा शेर्पालाई १३ वर्षको उमेर देखि मानसिक समस्या देखियो । उनलाई धामिझाँक्रि र स्वास्थ्य संस्था पनि पुर्याइयो । तर डाक्टरको सल्लाह अनुसार निरन्तर औषधी सेवन नगरे पछि फुर्वाको मानसिक समस्या पटक पटक बल्झिरह्यो । उनी पछिल्लो पटक झण्डै ५ वर्ष देखि थला परिन, त्यस पछि भने गाउँघरमै धामिझाँक्रि गरेर टारियो । उनको हातखुट्टा नचल्ने भए पछि खाना खान समेत अरुकै भर पर्नु पर्ने भो । वडापालिकाले उनलाई पुर्ण अशक्तको अपाङ्गता परिचय पत्र दिएर त्यस बापतको सेवा सुविधा पनि पाईन । कम्जोर आर्थिक अवस्था, चेतनाको कमीका कारण फुर्वा आफै र उनका परिवारले उनको मृत्यु कुरिरहेको जस्तै थियो । फुर्वा कै गाउँपालिकामा ओखलढुंगा सामुदायिक अस्पतालले सिबीआर अर्थात समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसै कार्यक्रमले गरेको अपाङ्गता सर्वेक्षणको क्रममा फुर्वा फेला परिन । र सिबिआर कार्यक्रमले नै उपचारको लागि अस्पतालसम्म ल्यायो । उनको समस्या जटिल भएकोले फुर्वालाई अस्पतालले नै थप उपचारको लागि काठ्माण्डौ पठायो । त्यसरी झण्डै ५ वर्ष थला परेकी फुर्वा उपचार पछि निको भएकी छिन । बाँकि उनको कथा फुर्वा र त्यस क्षेत्रमा सेवारत सिविआर कार्यक्रमका सहजकर्ता खेम बरालसँग गरिएको कुराकानीबाट ःःःःःःःःःःःःःःःःःःःःःःःः
स्मृति सुनुवार शारिरीक अपाङ्गता हुन । ओखलढुंगा खिजीदेम्बा खिजीकाती उनको घर । अहिले उनी कक्षा १० मा पढ्दैछिन । अपाङ्गता भएर पनि उनले आफ्नो अध्ययनलाई छाडेकी छैनन । भविष्यमा नर्स बनेर सेवा गर्ने उनको इच्छा छ । उनकै घरमा पुगेर उनीसँग भलाकुसारी गरेको छु । अब बाँकी चाँहि भलाकुसारी बाटनैःःःःःःःःःःः
ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत सिबिआर अर्थात समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमले जिल्लाको मोलुङ र खिजिदेम्बा गाउँपालिकामा सेवा प्रदान गरिरहेको छ । यस कार्यक्रमले अपाङ्गता भएकाहरुको शिक्षा, स्वास्थ्य, पैरवी लगायतको क्षेत्रलाई मध्ये नजर गर्दै सेवा दिदै आएको छ । जस मध्ये पालिकाको हरेक वडा र गाउँपालिका स्तर मै अपाङ्गताहरुको अपाङ्गता समन्वय समिति गठन गरेको छ । यहि समिती मार्फत संस्थाले एकजुट भई संविधान र कानुनले प्रदत्त गरेको अपाङ्गताहरुको हक अधिकारको बारेमा जानकारी दिनुका साथै अगाडि बढ्न मद्दत गरिरहेको छ । समितीहरु हरेक महिनामा बैठक बस्ने, अपाङ्गता भएकाहरुको हक र अधिकारको बारेमा छलफल गर्ने साथै अपाङ्गता भएकाहरुको जिविकोपार्जनको लागि बचत, ऋण लिनेदिने जस्ता कृयाकलापहरु गर्दा रहेछन । खिजिदेम्बा ४ खिजिकातीको वडा स्तरको समितिको बैठकमा मैले पनि सहभागी हुने मौका पाएँ । बैठक पछि मैले समितिका सचिव सोमछिरिङ तामाङ, उपाध्यक्ष बिनिसा सुनुवार र अध्यक्ष डेण्डि शेर्पासँग भलाकुसारी गरेकी छु । अब बाँकी चाँहि भलाकुसारी बाटनैःःःःःःःःःःः
ओखलढुंगा चम्पादेवी गाउँपालिका ४ फेदीगुठका तुलसी खत्रीको जीवनमा यस्तै नसोचेको घटना घट्यो । १० वर्ष अघि घाँस काट्न जाँदा भिरबाट लडेर उनको ढाँडको मेरुदण्ड भाँचियो । उनको कम्मर भन्दा तलको भाग चल्दैन अनि हात पनि कम्जोर अवस्थामा छन । उनी व्हिलचियर प्रयोग कर्ता हुन । व्हिलचियर मै बसेर उनले घर धन्दामा आफ्नी वृद्ध आमालाई सघाउँछिन । मेरुदण्डमा चोट पुगेका व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल कसरी पुर्याउनु पर्छ ? भन्ने उनलाई हेक्का भईसकेको छ । तुलसीले यसै कार्यक्रम दृष्टिकोणबाट उनी जस्तै दुःख सुख साट्ने धेरै साथी भेटेकी छन । यस पटक फेरी आफ्नो स्वास्थ्य जँचाउन ओखलढुंगा सामुदायि अस्पताल आएको बेला भेटेर भलाकुसारी गरेका छौं । संयोगवस यस पटक तुलसी र उनी जस्तै मेरुदण्डमा चोट पुगेका माया श्रेष्ठ पनि सँगै भेटिए । हामी सँगै बसेर दुःख सुख गफिएका छौं, अब बाँकी भलाकुसारी बाटनैःःःःःःःःःःः
अमिता राई १८ वर्षका भए । उनको घर ओखलढुंगा मोलुङ गाउँपालिका ८ राँगादिप उनको घर । उनी पुर्ण अपाङ्गता हुन । जन्मिएको ६ महिनामा अमितालाई टाउको दुख्ने र ज्वरो आउने समस्या भयो । त्यस पछि उनलाई ३ महिनासम्म धामी झाँक्री लगाईयो । अहिले उनको हातखुट्टा राम्रो चल्दैन, बोली आउदैन । उनलाई बस्नको लागि आरामहोस भन्ने हेतुले ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत सिबिआर अर्थात समुदायमा आधारीत पुर्नस्थापना कार्यक्रमले विशेष किसिमको कुर्सी दिने हुँदा कुर्सी लिन आमासँग अस्पताल आएका थिए । त्यसै समयमा अमिताको आमा आशा राई र सिबिआर कार्यक्रमका सल्लाकार क्लेयर ग्रीम्बोलसँग भलाकुसारी गरेकी छु । बाँकी चाँहि भलाकुसारीबाट न
सुनिल मगर शारिरीक अपाङ्गता हुन । दिप्रुङ चुइचुम्मा गाउँपालिका ७ तेम्मा उनको घर । ४ कक्षामा पढ्दै गर्दा उनको हात र खुट्टा सुक्ने समस्या भए पछि अपाङ्गता हुन पुगे । रेडियो सुन्ने रचनाहरु लेख्ने गर्दै उनको दिनचर्या बित्ने गर्छ । केही समय अघि उनले कार्यक्रम दृष्टिकोणमा आफ्नो कुरा राख्ने चाहाना भएको फोनमा बताएका थिए । त्यस पश्चात टेलिफोन मार्फत नै दुःख सुख गफिएका छौं । बाँकि चाँहि भलाकुसारी बाट नै
विषम परिस्थितीमा २१ वटा देशमा छरिएर रहेका ओखलढुंगेली नागरिकहरुले एउटा सञ्जाल नै तयार गरेर ५ सय १५ जनाबाट करिब ७० लाख भन्दा बढि रकमबाट आफ्नो जिल्लालाई महत्व पुर्ण स्वास्थ्य सामग्री सहयोग गरे । अहिले त्यही सामग्रीको अनुगमन, निरिक्षिण पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा भईरहेको छ । गत हप्ता यसैको विषयमा ओखलढुंगा सेवा समाज कोरियाका निवर्तमान अध्यक्ष र विश्वव्यापी सञ्जालका सचिव श्रीराम गुरुङ्गसँग कुराकानी गर्दा गर्दै कार्यक्रमको निर्धारित समय सकिएको हुँदा बाँकी कुराकानी आज जोड्ने बाचा गरेकी थिएँ । तसर्थ अब कार्यक्रममा लागौं कुराकानीको बाँकी अंश तर्फ नै ःःःःःःःःःःःःः
रीत बहादुर बानियाँ, ७५ वर्षका भए । दुई वर्ष अघि लडेर मेरुदण्डमा चोट पुगे पछि अपाङ्गता हुन पुगे । अहिले उनको संसार भन्नु नै एउटै ओछ्यान बनेको छ । अझ यो दुःखको बेला आफुले जन्म दिएको छोराले गरेको वेवास्ता झन पिडा बनेर गडेको छ । अहिले बानियाँको साहारा श्रीमती छिन । उनीहरुको घर ओखलढुंगा सिद्धिचरण नगरपालिका ५ ज्यामिरे हो । केही दिन अघि उनीहरु कै घरमा पुगेर उनीहरुसँग सुख दुःख भलाकुसारी गरेकी छु । भलाकुसारी भरी नै उनीहरुका आँखा भरिएका थिए । मैले पनि भरिएको आँखाबाट आँशु खस्न नदिन धेरै कसरत गरें । बाँकि चाहिँ उनीहरुसँगको भलाकुसारी बाट नै ंःःःःःःःःःःःःः
संसारभरी छरिएर रहेका धेरै ओखलढुंगेली नागरिकहरुले पनि उदाहरणिय सेवा पुर्याएको छ । जुन कोभिड १९ विरुद्ध ओखलढुंगेली विश्वव्यापी सञ्जाल खडा गरी विपतको बेला आफ्नो जिल्लालाई निक्कै ठूलो योगदान दिएको छ । पछिल्लो समय सञ्जालले प्रदान गरेको सेवाको अनुगमन भईरहेको छ । तसर्थ यस सञ्जालले के कस्तो सेवा पुर्यायो ? अनुगमन, निरिक्षणमा यसको अवस्था कस्तो पाईयो ? आजको बसाईमा यस विषयमा जानकारी पाउनु हुनेछ । मैले ओखलढुंगा सेवा समाज कोरियाका निवर्तमान अध्यक्ष र विश्वव्यापी सञ्जालका सचिव श्रीराम गुरुङ्गसँग कुराकानी गरेकी छु । अब कार्यक्रममा लागौं कुराकानी तर्फ नै
श्रोता गत हप्ता तपाईले ओखलढुंगा सिद्धिचरण नगरपालिका ६ जन्र्तखानीका पुर्ण दृष्टिविहिन निम बहादुर मगरसँग गरिएको कुराकानीको पहिलो अंश सुन्नु भयो । कार्यक्रमको निर्धारित समय हुँदा भलाकुसारीको बाँकि अंश आजको बसाईमा समेट्ने बाचा गरेकी थिएँ । तसर्थ अब कार्यक्रममा भलाकुसारीको बाँकी अंश सुनौं
झण्डै १ वर्ष हुन लागेछ मायासँग भेट भएको । पहिलो पटक मायासँग भेटेर यसै कार्यक्रममा रुदैं भलाकुसारी गरेकी थिएँ । उनको घर ओखलढुंगा खिजिदेम्बा गाउँपालिका ६ मा पर्छ । २१ वर्षका उनी ४ वर्ष अघि घाँस काट्ने क्रममा रुखबाट लडेर उनको मेरुदण्डमा चोट पुगेर अपाङ्गता हुन पुगिन । गएको वर्ष उनलाई सबै भन्दा माया गर्ने आमाले सँधैको लागि छाडेर गइन । उनको भाई, सानी बहिनी र बुबा छन । १ वर्ष अघि देखि माया बिरामी परिन । घरको आर्थिक स्थिति कम्जोर भएकै कारण मायालाई उपचारको लागि अस्पताल लगिएन । त्यहि पालिकामा ओखलढुंगा सामुदायिक अस्पतालले समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ । यसै कार्यक्रमका कर्मचारीले मायालाई भेटेर उनको निःशुल्क उपचार गर्ने भनेर ओखलढुंगा अस्पतालसम्म ल्याउने काम भयो । उनको पछाडी ढाँडमा डर लाग्दो घाउहरु थियो । ३ महिनासम्म अस्पतालमा उनको उपचार गरिएता पनि ठिक हुन सकेन । उनको उपचारको लागि काठ्माण्डौका ठूला अस्पताल लैजान उनीहरुको आर्थिकले भ्याउँदैनथ्यो । त्यसैले नै ३ महिनासम्म यहिँ अस्पतालमा बस्न बाध्य थिए । मैले मायाको बारेमा थाहा पाएर उनीसँगको भलाकुसारी यसै कार्यक्रममा प्रशारण गरें । रेडियो, फेसबुकको माध्यमबाट उनको लागि सहयोगी हातहरु जुट्न थाले पछि काठ्माण्डौको सुस्मा मेमोरियल अस्पताल पठाईयो । करिब १० महिना त्यस अस्पतालमा उनको उपचार भयो । र अहिले उनी फेरी ओखलढुंगा फर्किएका छन । उनीसँग फेरी भेटेर भलाकुसारी गरें । यहि भलाकुसारी आजको बसाईमा सुन्न सक्नु हुनेछ । बाँकी चाँहि भलाकुसारी बाट न
उनी सुरेश रिजाल, मोरङबाट रहेछन तर जन्मिएको चाँहि खोटाङमा । उनी न्यून दृष्टिविहिन हुन । जन्मिए पछि नै बिरामी भए पछि आँखामा समस्या भएको थियो । न्यूनदृष्टिविहिन रिजालसँग टेलिफोन मार्फत नै भलाकुसारी गरेको छु । बाँकी चाँहि भलाकुसारी बाट नै
उनी सुरेश रिजाल, मोरङबाट रहेछन तर जन्मिएको चाँहि खोटाङमा । उनी न्यून दृष्टिविहिन हुन । जन्मिए पछि नै बिरामी भए पछि आँखामा समस्या भएको थियो । न्यूनदृष्टिविहिन रिजालसँग टेलिफोन मार्फत नै भलाकुसारी गरेको छु । बाँकी चाँहि भलाकुसारी बाट नै
भेटेको कतिपय व्यक्तिहरुका दुःख, पिडा देख्दा लाग्छ, इश्वर पनि विभेदी छन । उनीहरुको पिडाले मनभित्र घोचिरहन्छ । आखिर जस्तो भए पनि जिवन भोग्नै पर्ने । सञ्चार कर्मको यात्रामा यस्ता धेरै असहाय, पिडाका कथाहरुसँग मेरो जम्काभेट भइरहन्छ । यस्ता कथाहरुलले मेरा दुःखहरुलाई बिसाईदिन्छ । मेरो सञ्चार कर्ममा रहँदा मेरो उद्देश्य भनेकैे उनीहरुलाई सुन्ने कोही छ, अनि अलिकति भए पनि उनीहरुमा आशा पलाओस यति हो, अरु के नै गर्न सकुँला र ? त्यसैले होला करिब १३ वर्षको मेरो सञ्चार कर्मको यात्रामा यहाँसम्म आईपुग्दा जस्तो सुकै कठिनाई भए पनि सहज मानेकी छु । कतिपय पिडाहरुमा तपाई हामी सबै मिलेर मल्हम लगाउन सक्यों, यसले उत्साह मिल्छ । आज यस्तै एउटा दुखान्त कथा लिएर तपाई माझ उपस्थित भएकी छु । ओखलढुंगा सिद्धिचरण नगरपालिका ५ का गंगा र जमुना ११ १२ वर्षका भए । उनीहरुमा अटिजमको समस्या छ । बोल्न सक्दैनन र सोच्ने क्षमता कम्जोर छ । परिवारमा सबैलाई उनीहरु कै चिन्ता छ । केही दिन अघि उनीहरुकै घरमा पुगी उनीहरुका आमा निर्मल र हजुरआमा उमा देवि दहालसँग भलाकुसारी गरेकी छु । भलाकुसारीको क्रममा कयौं पटक हाम्रो आँखा रसायो, मन भक्कानियो, गला अबरुद्ध भो । तर पनि हामीले दुःख सुख बाँडेका छौं अब बाँकी भलाकुसारी बाट नै
शोभा देवि दहाल १८ वर्षकी भईन । उनी घर छाडेर हिंडे पछि फर्कन जान्दिनन । उनको महिनावारी पनि भएकाले घरमा छाड्न आमालाई डर लाग्छ । तसर्थ उनकी आमा दुर्गा देवि दाहालले घाँस, दाउरा, मेलापात आफैँसँग लिएर जान्छिन । अब बाँकी चाँहि उनीहरुको घरमै पुगी दहालसँग दुःख सुखको भलाकुसारी गरिएको भलाकुसार सुनौं ःःःःः
प्रत्येक व्यक्तिमा कुनै न कुनै किसिमको समस्या हुन्छ । कुनै पनि व्यक्ति सत प्रतिशत ठिकठाक हुँदैन । केही दिन अघि एक अन्जान नम्बरबाट फोन आयो । उनले निक्के समय देखि मलाई सम्पर्क गर्न खोजेको कुरा बताईन । र कार्यक्रम दृष्टिकोणमा केही आफ्नो कुरा व्यक्त गर्न मन लागेको बताईन । मनिसा गुरुङ, गोर्खाबाट रहेछिन । उनी जन्मै दृष्टिविहिन हुन । उनीसँग टेलिफोन मार्फत नै गफिएका छौं । आज त्यहि भलाकुसारी सुन्न सक्नु हुनेछ । अब कार्यक्रममा लागौं भलाकुसारी तर्फनै ंःःःःःःःःःःःःः
श्रोता गत हप्ता कोरोना विरुद्ध लगाइने खोपको विषयमा ओखलढुंगा स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख महमत मन्सुरसँग गरिएको कुराकानी गरिएको कुराकानी सुन्दा सुन्दै कार्यक्रमको निर्धारित समय सकिएको हुँदा कुराकानीको बाँकि अंश आजको कार्यक्रममा समावेश गर्ने वाचा गरेकी थिएँ । तसर्थ कार्यक्रममा लागौं बाँकी कुराकानी तर्फ नै.......
मेरो कर्म यात्रामा मलाई थाहा छ कि म थुप्रै झुपडीहरुमा पुगेकी छु । ती झुपडीका दुःखीहरुको दुःखमा उनीहरुसँगै रोएकी छु । कसैले नसुनेको उनीहरुको आवाजलाई सुनिदिएर उनीहरुको आवाजलाई बोल्ने प्रयास गरिरहेकी छु । हुन त म त्यस्तो संस्थामा सेवा गरिरहेकी छु । जसको नाम नै काफी छ जुन मानव विकास तथा सामुदायिक सेवा अनि आफ्नो एफ एम । यो नामलाई सँधै शिरोपर गर्ने कोशिस जारी छ । श्रोता आज पनि यस्तै सानो खुशीको कथा लिएर आएकी छु । ओखलढुंगा मोलुङ गाउँपालिका १ कुन्तादेवीका ठग बहादुर नेपालीका दुई छोरी अपाङ्गता छन । उनीहरुलाई भेटेको पनि झण्डै १० वर्षै हुन लागेछ । पहिलो पटक प्रमिला र हेम कुमारीलाई भेट्दा दुवै जना काठको मुढा झैं आगनमा डरङ्गै लडेको दृष्य म विर्सन सक्दिन । त्यस पश्चात म बेला बखत उनीहरुको हालखबर बुझ्न र दुःख सुखका गफगाफ गर्न उनीहरु कहाँ पुग्ने गर्छु । यसपाली भने २ वर्ष पछि उनीहरुको घर पुगें । उनीहरुका बुबा ठग बहादुर र आमा ज्ञान कुमारी नेपालीसँग दुःखसुखको भलाकुसारी गरेकी छु । अब भलाकुसारी तर्फ नै लागौंःःःःःः
हामी सबैको मन मस्तिष्कमा खोप भनेको ५ वर्ष मुनिका बालबालिकालाई लगाउईने सुई हो । तर आज कोरोनाले संसारमा जिवित सबैलाई खोप लगाउने बनायो । शुरुमा कोरोना विरुद्धको खोपले मरिने, बिरामी हुने होकि भन्ने हिसाबले धेरैले लगाउन मानेन । तर जब कोरोनाको दोस्रो लहर चल्यो, त्यस पछि खोप त लगाउनै पर्ने रहेछ भन्ने भएको छ । हुन त आज पनि समाजमा खोपको महत्वको बारेमा नबुझेका व्यक्तिहरुले खोप लगाएका छैनन । नेपाल सरकारले जेष्ठनागरिक, अपाङ्गता भएका व्यक्तिहरु जो खोपकेन्द्रमा गएर खोप लगाउन सक्दैनन, उनीहरुलाई घरमै गएर खोप लगाउन निर्देशन गरेको छ । तर यो व्यवहारमा खासै लागु भएको पाईएको छैन । जुन कारणले अशक्त व्यक्तिहरु कोरोना विरुद्धको खोपबाट वञ्चित भएका छन । आजको बसाईमा कोरोना विरुद्ध लगाईने खोपको बारेमा जानकारी पाउनु हुनेछ । यसको लागि मैले ओखलढुंगा स्वास्थ्य कार्यालयमा भर्खरै नियुक्त हुनु भएका स्वास्थ्य प्रमुख महमत मन्सुरसँग कुराकानी गरेकी छु । कार्यक्रममा लागौं कुराकानी तर्फ नै ःःःःः
विकास र विनास पर्यायबाचि शब्द हुन, त्यसैले होला विकासले विनाश र विनाशले विकास ल्याउँछ । त्यस्तै भईरहेको छ, कोरोना महामारी । व्यक्ति, संगसंगठनले विपतिको बेला मन मात्रै होइन धन पनि खोलेर आफ्नो गाउँठाउँलाई सहयोग पुर्याई रहेका छन । अझै सहयोग पाउनेमा स्वास्थ्य संस्थाहरु अगाडी छन । यस कुराले आफु मात्र होइन अरुलाई बचाउन र बाँच्न सिकाएको छ । र यसरी ठूलो परिमाणमा सहयोग प्राप्त गर्नेमा ओखलढुंगाको जिल्ला अस्पताल रुम्जाटार पनि हो । आजको बसाईमा यस अस्पतालले ती प्राप्त गरेको सामग्रीको सदुपयोग र महामारीको समयमा पुर्याईरहेको सेवाको बारेमा जानकारी पाउन सक्नु हुनेछ । मैले अस्पतालका सुचना अधिकारी उमा गुरुङ्गसँग कुराकानी गरेको छु । अब बाँकी चाँहि कुराकानी बाट नै ःःःःः
दुःख र सुख, हाँसो रोदन त जीवनको एक सिक्काको दुई पाटो हो । यो सबैको भोगाइ हो । तर हरेकको फरक अनुभव हुन्छन । ओखलढुंगा मोलुङ गाउँपालिका २ डडुवाका गिता कार्कीको जीवनमा पनि तिता मिठा अनुभवहरु छन । समयले कोल्टो फेर्दै गर्दा गिताको परिस्थिती पनि फेरिदै छ । उनको ३ छोरी मध्ये पहिलो छोरी टेक कुमारी कार्की पुर्ण अपाङ्गता छिन । वृद्ध ससुरालाई पनि उनले हेरचाह गर्न पर्छ । जग्गाबारी थोरै छ । उनीसँग भेटेको पनि एक दशक हुन लाग्यो । हरेक वर्ष उनलाई भेट्न उनकै घर पुग्छु । उनलाई भेट्दा उनी र उनको परिवारमा आएको परिवर्तनले मलाई पनि खुशी मिल्छ । गिता जस्तै खुशी दिने अरुहरु पनि छन । म उनीहरुलाई मेरो जीवनको असल मित्रहरु ठान्दछु । पहिलो पटक भेटेर भलाकुसारी गर्दा उनीसँगै रोएको अहिले झैं लाग्छ । तर आजभोली हाँसेर कुरा गर्छौं हामी । एक वर्ष पछि म फेरी उनको घर पुगें । हाँसी खुशीे भलाकुसारी गरेका छौं । अब भलाकुसारी तर्फ नै
कोरोनाको दोस्रो लहर सकिन नपाउँदै तेस्रो लहरको महामारीको संकेत देखिएको छ । फेरी संक्रमितको संख्या बढ्न थालेको छ । र महामारीको तेस्रोे लहरमा बालबालिकाहरु बढि पिडित हुने स्वास्थ्यविदहरुले आंकलन गरेका छन । यसलाई यसरी पनि विश्लेषण गर्न सकिन्छ कि महामारीको पहिलो लहरमा बालबालिका संक्रमण भएका थिएनन । तर दोस्रोे लहरमा धेरै बालबालिकाहरु पनि संक्रमित भईरहेका छन । श्रोता ओखलढुंगा, खोटाङ र सोलुखुम्बु लगायतका जिल्लाका नागरिकलाई स्वास्थ्य क्षेत्रमा धान्दै आएको ओखलढुंगा सामुदायिक अस्पतालले महामारीमा कसरी सेवा प्रदान गरिरहेको छ त ? कोरोनाको तेस्रो लहरको लागि के कस्ता तयारी गरिरहेको छ ? यस विषयमा गत हप्ता अस्पतालका निर्देशक युवराज आचार्यसँग गरिएको कुराकानी सुन्दा सुन्दै कार्यक्रमको निर्धारित समय सकिएको हुँदा कुराकानीको बाँकी अंश आजको कार्यक्रममा समावेश गरिने भनेकी थिएँ । तसर्थ अब बाँकी चाँहि कुराकानी बाट न
कोरोनाको दोस्रो लहर सकिन नपाउँदै तेस्रो लहरको महामारीको संकेत देखिएको छ । फेरी संक्रमितको संख्या बढ्न थालेको छ । र महामारीको तेस्रोे लहरमा बालबालिकाहरु बढि पिडित हुने स्वास्थ्यविदहरुले आंकलन गरेका छन । यसलाई यसरी पनि विश्लेषण गर्न सकिन्छ कि महामारीको पहिलो लहरमा बालबालिका संक्रमण भएका थिएनन । तर दोस्रोे लहरमा धेरै बालबालिकाहरु पनि संक्रमित भईरहेका छन । श्रोता ओखलढुंगा, खोटाङ र सोलुखुम्बु लगायतका जिल्लाका नागरिकलाई स्वास्थ्य क्षेत्रमा धान्दै आएको ओखलढुंगा सामुदायिक अस्पतालले महामारीमा कसरी सेवा प्रदान गरिरहेको छ त ? कोरोनाको तेस्रो लहरको लागि के कस्ता तयारी गरिरहेको छ ? यस विषयमा गत हप्ता अस्पतालका निर्देशक युवराज आचार्यसँग गरिएको कुराकानी सुन्नुहोस
गरीबी र अपाङ्गता एक अर्काको परिपुरक जस्तै देखिन्छ । किनकी जहाँ गरिबी त्यहाँ अपाङ्गता हुने दर बढी हुन्छ । अनि जहाँ अपाङ्गता त्यहाँ गरिबीको दर बढ्दो हुन्छ । झण्डै ३ दशक देखि ओखलढुंगा सामुदायिक अस्पतालले उपचारात्मक, प्रर्वद्र्धनात्क र रोक्थानात्मक सेवा प्रदान गर्दै आईरहेको छ । यसै क्रममा करिब २ वर्ष देखि अपाङ्गता र उनका परिवारलाई टेवा पुर्याउने उद्देश्यका साथ अस्पतालले छुट्टै सिबिआर अर्थात समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम सञ्चालन गर्दै आएको छ । अस्पताल अन्र्तगत सिभिआर कार्यक्रमले शुरुवाती चरणमा जिल्लाको खिजीदेम्बा र मोलुङ गाउँपालिकामा सेवा विस्तार गरेको छ । कार्यक्रमको शुरुवाती चरणमै कोरोना महामारी शुरु भएकोले अन्य क्षेत्रलाई जस्तै यसका सिबिआर कार्यक्रमलाई पनि असर पारेको छ । यस्तो अवस्थामा यस परियोजनाले के कस्तो सेवाहरु कसरी प्रदान गरिरहेको छ ? आजको बसाईमा जानकारी पाउनु हुने छ । मैले यस सिबिआर अर्थात समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमको बारेमा यस कार्यक्रमका कार्यक्रम संयोजक इन्द्र तामाङसँग भलाकुसारी गरेकी छु । अब कार्यक्रममा लागौं भलाकुसारी तर्फ नै
केही समय अघि एक अन्जान नम्बरबाट फोन आयो । उताबाट आफ्नो परिचय दिएर मलाई पनि तपाईको कार्यक्रम दृष्टिकोणमा केही आफ्ना भनाईहरु राख्न मन छ भन्ने कुरा गरे । उनी संखुवासभामा जन्मिएर मोरङलाई आफ्नो कर्म थलो बनाएका दुर्गा नाथ योगी रहेछन । नेत्रहिन युवा संघको अध्यक्ष तथा नेत्रहिन संघ मोरङको सदस्य । आजको बसाईमा उनीसँग रेडियो कार्यक्रम कै लागि भनेर टेलिफोनको माध्यमबाट नै भलाकुसारी गरेकी छु । सुनौं दुर्गानाथसँग फोनमा भएको सम्बाद
जीवनमा सानो कुराले पनि फरक पर्छ । नजानिदो प्रकारले धेरै पटक हामीले अरुलाई चोट पुर्याई रहेका हुन्छौं । सानो सानो कुराले हाम्रो समाजलाई अल्झाई रहेको हुन्छ । तर हामीलाई त्यसको ख्यालै हुँदैन । जुन धेरै महत्वपुर्ण हुन्छ । आज यस्तै एक व्यक्तिसँगको भलाकुसारी सुन्ने छौं । सन्जिव सुनुवार शारिरीक अपाङ्गता भएका व्यक्ति हुन । उनको घर ओखलढुंगा खिजिदेम्बा गाउँपालिका १ रगनी । सानै उमेरमा उनको ढाडको हड्डीको क्षयरोगको समयमै उपचार नगरिँदा अपाङ्गता हुन पुगे । हाल उनी ओखलढुंगा सामुदायिक अस्पताल अन्तरर्गतको समुदायमा आधारित पुनसर््थापना कार्यक्रमको सामाजिक परिचालकको रुपमा रगनीमा कार्यरत छन । उनीसँग उनको भोगाई र कामको बारेमा भलाकुसारी गरेकी छु । अब चाँही सुनुवारसँगको भलाकुसारी सुनौं ंःःःःःःःःःःःःः
उदयपुर जिल्ला बेलका नगरपालिका ८ का टिका राम राई जन्मै पुर्ण दृष्टिविहिन हुन । अपाङ्गता भएकै कारण सानोमा उनलाई साङ्गलाई झैं विद्यालय पठाईएन । उनले पनि पढ्न लेख्न सक्छन, सायद अरुलाई जस्तै उनलाई पनि शिक्षाको जरुरी ठानिएन । तर उनको पढ्ने उत्कट इच्छा १६ वर्षको उमेरमा पुरा भयो । र उनले त्यहि उमेरमा कक्षा १ मा भर्ना भई पुरा गर्दैछन । अब कार्यक्रममा टिकारामसँग गरिएको भलाकुसारीको दोस्रो भाग सुनौं ।