Search for episodes from YUBACAST (Yubaraj Khatiwada) with a specific topic:

Latest episodes from YUBACAST (Yubaraj Khatiwada)

Space Review On My Cover: Timile Bhaneka Sara Dev Chhoyera

Play Episode Listen Later Nov 12, 2022 7:24


मलाई प्रायः गीत गाउन पनि मन पर्छ | गीत गाउने कुरा गर्दा आजकल ट्वीटरको स्पेस नीकै राम्रो प्लेटफर्म बन्न पुगेको छ | कहिले काहीं निक्कै दिग्गज र अभूतपूर्व व्यक्तित्वहरूवाट समेत प्रत्यक्ष गीत सुनेर तत्काल प्रतिक्रिया प्राप्त हुने हुँदा नीकै उपलब्धि मुलक पनि रहने गरेको छ |

Sports Talk - FGWS - 7, Summer Transfer Window

Play Episode Listen Later Jun 7, 2022 16:37


With the end of the 2021-2022 season, the summer transfer window has begun, and players are away playing for their international teams. In this episode of Football Gossip with Samyam, we will talk about the dealings of the window so far, the Nations League, my TOTS and many more things. Stay tuned!

पुनर्मिलन तथा सम्मान, श्री जन आदर्श मावि शिवगञ्ज, झापा २०५० एसएलसी, प्रमुख अतिथि

Play Episode Listen Later May 2, 2022 20:00


Chandra Bhandari Speaking as a Chief Guest on the event, Ex Teacher and Student Reunion and Teacher Honour Program Organized by Jana Adarsha MaVi, Shivagunj Jhapa, Class Of 2050 SLC 18-01-2079.

समग्र राजनीतिक, आर्थिक र सामाजिक परिवेश प्रति प्रतिनिधि युवा धारणा - उत्तम ढुंगेल संगको सम्बाद

Play Episode Listen Later Dec 20, 2021 58:11


नेपालको समसामायिक राजनीतिक, आर्थिक र सामाजिक अवस्था प्रति आम युवाहरुको कस्तो मुल्यांकन वा धारणा रहेको छ भन्ने बिषयमा केन्द्रित हुँदै प्रतिनिधि आवाजको रूपमा अत्यन्तै अध्ययनशील, कर्मठ र जुझारु राष्ट्रसेवक उत्तम ढुंगेल संग गरिएको कुराकानी

अन्तर्यको जन्म, अदालतको बेथिती र सामाजिक सक्रियता - बरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती

Play Episode Listen Later Nov 30, 2021 65:34


एकजना संघर्षशील, जुझारु र आकर्षक व्यक्तित्व, सर्बोच्च अदालत बार एसोसिएसनका बरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीसंग वहाको हालै प्रकाशित कृतिहरू “बुवा – शोककाब्य” र “वहाकै संघर्षशील जिबनको कथा समेटिएको पुस्तक - अन्तर्य” , नेपालको न्याय क्षेत्रमा हाल देखिएको समस्या र यसका निरकरणका उपायहरु साथै वहाको अन्य सामाजिक संलग्नताका बिषयमा केन्द्रित हुँदै गरिएको कुराकानी |

समकालीन नेपाली संगीतका अग्रणी गजलकार - सुरेश वाग्लेसँग गरिएको एक साक्षात्कार

Play Episode Listen Later Sep 17, 2021 76:52


दुइ दशक देखि नेपाली साहित्यमा कलम चलाइरहेका एक युवा जसले नेपाली संगीतको गजल विधामा अतुलनीय योगदान पुर्याईरहेका छन् | गजल लेखनमा मात्र होइन कि आफुले लेखेका गजलहरुलाई संगीतबद्ध गराएर त्यसको म्युजिक भिडियो समेत निर्माण गर्ने कुराले नेपाली संगीत क्षेत्रमा गजल विधालाइ शसक्त किसिमले स्थापित गर्ने र गजल संगीतको अभाबमा नेपाली संगीत क्षेत्रमा परिरहेको खाडललाइ पुर्ने महत्वपूर्ण काम समेत गरिरहेका चर्चित युवा गजलकार, संगीत उद्यमी तथा सामाजिक अभियन्ता सुरेश वाग्ले संग गरिएको एक साक्षात्कार |

काबुलबाट पछिल्लो समय उद्दार गरिएका ११ जना नेपालीमध्ये तनहुँ निवासी माधव लम्सालसंग गरिएको कुरा

Play Episode Listen Later Aug 28, 2021 34:43


अफगानिस्तानको काबुलबाट भारतीय वायुसेनाको बिमानमार्फत हालै उद्दार भई नयाँ दिल्ली स्थित एउटा आर्मी क्वाटरमा २ हप्ते क्वारेन्टाइनमा बसिरहनुभएका ११ जना नेपालीहरुमध्ये एक तनहुँका माधव लम्सालसंग पछिल्लो समय काबुलमा देखिएको त्रासदी र वहाहरुको सम्पूर्ण उद्दार प्रक्रियामा केन्द्रित हुँदै गरिएको कुराकानी

द्वन्दग्रस्त अफगानिस्तानको मजार–ई–शरीफ शहरमा मेरो एक शाकाहारी रात

Play Episode Listen Later Aug 20, 2021 37:25


द्वन्दग्रस्त मुलुक अफगानिस्तानको राजनीतिले एकाएक कोल्टे फेरेर ससस्त्र बिद्रोही समूह तालिबानले त्यहाँको निर्बाचित सरकारलाई विस्थापन गरि राज्यसत्ता कब्जा गरेको वर्तमान सन्दर्भ पारेर, सन् २००४ तिर रोजगारीको सिलसिलामा म आफु अफगानिस्तानमा रहेको बखत एउटा यात्राको क्रममा सँगालेका अनुभबहरूको बर्णन जून मेरो डायरीमा करिब १० बर्ष पहिलेदेखि थन्किएर बसिरहेको थियो, त्यसैलाई स्मृतिका पानाहरुबाट यो पडकास्टमार्फत तपाई पाठक मार्फत पस्किएको छु | यसप्रति तपाईहरूबाट प्राप्तहुने विचार, सुझाब र सल्लाहहरु प्रति म सदैब आभारी रहनेछु |

तरे संसार घुमिआम्ला, झरे माछा भइजाम्ला

Play Episode Listen Later Aug 14, 2021 17:36


वैदेशिक रोजगारीका लागि काठमाडौं आउने क्रममा महाकाली नदि तर्दातर्दै भारतीय एसएसबीले तुइन काटिदिएपछि दार्चुलास्थित व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटना र विश्वका महाधनि मध्येका एक जेफ बेजोस, आफ्नै निजी रकेटमा हालसालै अन्तरिक्षयात्रामा गएको घटनाक्रम लगायतका सन्दर्भहरुलाई समेटेर तयार पारिएको दोभान राईद्वारा लेखिएको र नयाँ पत्रिकामा दैनिकमा प्रकाशित समसामयिक लेखको वाचन |

मातृभूमि र डायस्पोराको नेपाली समाजमा ज्येष्ठ नागरिकको सवाल, एक सम्बाद

Play Episode Listen Later Jul 2, 2021 70:19


हाम्रो जन्मभूमि नेपाल र नेपाल बाहिर पनि नेपाली डायस्पोरा रहेको स्थानमा ज्येष्ठ नागरिकहरुको समस्या र अवस्था के कस्तो छ, हामीले हाम्रा ज्येष्ठ नागरिकहरू प्रति गर्नुपर्ने न्युनतम कर्तव्यहरु पुरा गरिरहेका छौं कि छैनौ? उनीहरुले सम्मानपूर्वक जीवन यापन गर्न पाउने उनीहरुको मौलिक अधिकार सुनिश्चित गर्नको लागि स्थानीय नेपाली समाज र संघ संस्थाहरुको दायित्व के कस्तो हुन जान्छ, यी र यस्तै बिषयमा केन्द्रित हुदै तयार पारिएको नेपाली पडकास्ट, साथमा, देवराज न्यौपाने: आफ्नो घर र परिवारलाइ भन्दा समाजलाई पहिलो प्राथमिकतामा राख्ने, आफ्ना घरायसी समस्या भन्दा पहिला छरछिमेक र साथीभाईहरुका समस्याहरुलाई समाधान गर्न अग्रसर हुने अत्यन्तै जुझारु र सक्रिय युवा सामाजिक अभियन्ता बिटु केसी: जन्मभुमि होस या डायस्पोरा, नेपाली समाजलाई अत्यन्तै नजिकबाट बुझ्नु हुने, साथै साहित्य मार्फत आफ्नो विचारहरु प्रस्तुत गर्दै आउनु भएकी सक्रिय र जुझारु सामाजिक अभियन्ता अनि श्रस्टा

Sports Talk - Football Gossip With Samyam, Episode - 6

Play Episode Listen Later Jun 28, 2021 7:54


Euro Cup 2020 Special (a summery of group stage)

युवा कवि ठाकुर बेल्बासेका दुई कविताहरू १ - पहिरोको माखेसाङ्लो, २- नीला पाइला टेक्ने राता मान्छेहर

Play Episode Listen Later Jun 27, 2021 8:07


अनेसास अस्टिन च्याप्टरद्वारा आयोजना गरिएको मासिक रचना बाचन कार्यक्रमको लागि तयार गरिएको युवा कबि ठाकुर बेल्बासेद्वारा लेखिएका दुइ कविताहरु १ - पहिरोको माखेसाङ्लो २- नीला पाइला टेक्ने राता मान्छेहरू को वाचन युवराज खतिवडाको आवाजमा

काजी लेण्डुप दोर्जी - जसका कारण स्वतन्त्र राष्ट्र सिक्किम भारतमा विलय भयो

Play Episode Listen Later Jun 21, 2021 16:50


-काजी लेण्डुप दोर्जी : जसका कारण स्वतन्त्र राष्ट्र सिक्किम भारतमा विलय भयो -स्वतन्त्र पहाडी मुलुक सिक्किमको सामान्य जानकारी, काजी लेण्डुप दोर्जीको उदय र भारतको २२औं राज्यको रूपमा सिक्किमको भारतमा बिलय -नवकान्तिपुर डट कमका लागि एल. पी. पौड्यालद्वारा तयार पारिएको ऐतिहासिक सन्दर्भ सामग्री

Football Gossip With Samyam - Episode 5

Play Episode Listen Later Jun 20, 2021 30:13


Euro Cup 2020 Match Day - 1 Analysis

सुसंस्कृत विचार, बैकल्पिक राजनीतिक धारका हिमायती, युवाहरूका प्रेरणा उज्ज्वल थापाप्रति श्रद्धा

Play Episode Listen Later Jun 6, 2021 42:42


भाग २ - सुसंस्कृत विचार, बैकल्पिक राजनीतिक धारका हिमायती - युवाहरूका प्रेरणा, दिबंगत उज्ज्वल थापाको व्यक्तित्व र योगदानको बारेमा बरिष्ठ कबि, लेखक तथा पत्रकार ठाकुर बेल्बासेसंग गरिएको कुराकानी |

सुसंस्कृत विचार, बैकल्पिक राजनीतिक धारका हिमायती, युवाहरूका प्रेरणा उज्ज्वल थापाप्रति श्रद्धा

Play Episode Listen Later Jun 6, 2021 35:52


भाग १ - सुसंस्कृत विचार, बैकल्पिक राजनीतिक धारका हिमायती, युवाहरूका प्रेरणा, दिबंगत उज्ज्वल थापाको व्यक्तित्व र योगदानको बारेमा बिबेकशिल साझा पार्टीको संगठन बिभाग उपप्रमुख पदमा रहेर काम गरिरहेका र बिगत लामो समय देखि उज्ज्वल थापा संग विभिन्न अभियानहरुमा संगै रहेर सहकार्य गरिसकेका केन्द्रीय युवा नेता प्रदिप कुमार थापा संग गरिएको कुराकानी |

Sports Talk - Football Gossip With Samyam - Episode 4 (Special Episode)

Play Episode Listen Later Jun 3, 2021 25:33


Talking about European football matches Europa League and Champions League that just happened last week and EURO 2020 that is happing next week.....

Sports Talk - Football Gossip With Samyam - Episode 3

Play Episode Listen Later May 30, 2021 24:42


Talking about current what about of the word football including it's history, legendry player, terms and glossary and many more. Also presenting Nepalese football activities.......

जीवनका पानाहरू - प्रश्न तब सम्म गरिरहनु पर्छ जब सम्म आफुमा स्पष्टता आउदैन - प्राती बज्राचार्य

Play Episode Listen Later May 27, 2021 53:41


उच्च शिक्षाको अध्धयन गर्न नेपालबाट अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका देशहरुमा बिद्यार्थीहरू आउने गरेको पाइन्छ | तर धेरै कमको मात्रै जानकारीमा रहने गरेको बिकशित देशहरू त्यसमा पनि खास गरि अमेरिकाको माध्यमिक शिक्षा चाहिं के कस्तो छ भन्ने बिषयमा केन्द्रित हुँदै गरिएको कुराकानी .....|

जीवनका पानाहरू - सुमधुर आवाजको मिठास, रेवत खनाल सँगको सांगीतिक सम्बाद

Play Episode Listen Later May 27, 2021 54:28


पुर्बी नेपालको झापा जिल्लामा रहेर धेरै लामो समय देखि शिक्षण पेशामा आबद्ध रहनु भएका साथै आफ्नो नगर भित्र छरिएर रहेका बिबिध जातजातिहरुको सांस्कृतिक सम्बर्धन र प्रबर्धन गर्ने काममा पनि उत्तिकै सक्रियताका साथ लागि रहनु भएका समाजिक अभियन्ता र स्थानीय स्तरमा अत्यन्तै सम्मानित व्यक्तित्व रेवत खनालको व्यक्तित्वको अर्को एउटा आयाम गायन र संगीतमा केन्द्रित हुँदै गरिएको टेलिफोन कुराकानी साथमा वहाकै सिर्जनामा केहि गीत र संगीतपनि ......................|||

जीवनका पानाहरू - मेरो अमेरिकी सपना र यात्रा - रमेश न्यौपाने

Play Episode Listen Later May 26, 2021 55:21


अमेरिका धेरैको सपनाको देश | धेरै बिद्यार्थीहरूको उच्च शिक्षाको लागि रोजाईको गन्तब्य पनि | एकखाले मान्छेहरु भन्ने गर्छन मरे पछी पुगिने भनिएको स्वर्ग खै छ कि छैन, तर ज्युदो हुदाँको स्वर्ग चाहिं हो अमेरिका भनेर | अमेरिका जानको लागि भनेर विभिन्न देशका दुताबासमा लाग्ने मान्छेको लाइन बर्सेनी लाखौको संख्यामा हुने गर्छ | आँट र जाँगर र क्षमता भएकाहरुको लागि धेरै मौका र अवसर पनि छन् अमेरिकामा | तर कतिपय युवाहरुमा भने घरजग्गा साहुकोमा बन्धकी राखी दलालहरुलाई लाखौं लाख रकम तिरेर ज्यानको जोखिम मोलेरै भएपनि महिनौ लगाई विभिन्न ल्याटिन अमेरिकी मुलुकहरू हुँदै रातभरि जङलको बाटो समेत हिंडेर अमेरिका आउनै पर्ने प्रवृत्तिले धेरैको परिवारमा विभिन्न आर्थिक, पारिवारिक एबम् सामाजिक समस्याहरु दिन प्रतिदिन बढ्दै गैरहेको पाइन्छ | नेपालमा हुँदा देखेको अमेरिकी सपना र त्यो सपनालाई पुरा गर्नको लागि घर छोडेको दिन देखि अमेरिका प्रवेश नहुन्जेल सम्म गरिएको यात्राको सन्दर्भमा केन्द्रित रहेर एक नेपाली युवा रमेश न्यौपाने संग गरिएको कुराकानी हो, "मेरो अमेरिकी सपना र यात्रा" |

Sports Talk - Football Gossip With Samyam - Episode 2

Play Episode Listen Later May 26, 2021 17:23


Sports Talk - Football Gossip With Samyam - Episode 2 by Yubaraj Khatiwada

Sports Talk - Football Gossip With Samyam - Episode 1

Play Episode Listen Later May 26, 2021 27:52


Sports Talk - Football Gossip With Samyam - Episode 1 by Yubaraj Khatiwada

Yubacast - Sports talk with Samyam Khatiwada

Play Episode Listen Later Nov 1, 2020 17:54


A 13 year old adolescence, Samyam Khatiwada, who is also all time crazy fan of football, talks about his football interest and his upcoming podcast project "Football Gossip With Samyam".

नाम जस्तै काम, सरस्वती शर्मा संगको कुराकानी

Play Episode Listen Later Oct 19, 2020 56:44


नाम जस्तै काम एकजना महान गुरुआमा जसले आफ्नो जीवनको चार दशक भन्दा बढी समय शिक्षण पेशामा रहेर हजारौं बालबालिकालाई ज्ञानको उज्यालो ज्योति छर्ने काममा संलग्न रहिसक्नु भएको छ | त्यस्तै देशमा पंचायती व्यवस्थाको अवसान हुने समय २०४०को दशक तिर राजधानी काठमाडौँको एउटा माध्यमिक बिद्यालयमा प्रधान अध्यापिकाको रुपमा समेत रहेर काम गर्नु भयो अनि तत्कालिन शाही परिवारका सदस्यहरु अधिराजकुमारी श्रुति राज्य लक्ष्मी र अधिराजकुमार निराजन बीरबिक्रमलाइ समेत ज्ञानको ज्योति बाढ्ने अवसर प्राप्त गर्नुभएकी श्रीमती सरस्वती शर्मा भट्टराई संग गरिएको कुराकानी यस अंकमा सुन्नु हुनेछ |

A childhood memory from grade 6, First Impression Challenge

Play Episode Listen Later Sep 26, 2020 15:59


आजकल सामाजिक सन्जालमा लोकप्रिय बन्दै गरेको विभिन्न च्यालेन्जहरू मध्ये First Impression Challenge अन्तर्गत कक्षा ६ मा अध्ययनरत हुँदाको छोटो समयका लागि सहपाठी बन्न आइपुगेकी साथी इन्दिरा खतिवडासँग जोडिएर आएको एउटा सामान्य तर रमाइलो सन्दर्भलाई सम्झना गर्दै, उनै इन्दिराप्रति समर्पित यो पडकास्ट |

केहि खास गरौं भन्ने आश, रेडियोको मिठास र पडकास्टको प्रयास

Play Episode Listen Later Sep 14, 2020 22:26


जीवनमा केहि खास गरौं भन्ने आश, रेडियोको मिठास देखि पडकास्ट सम्मको प्रयास

राजनीति प्रतिको मेरो अनुभव, सुरुवात देखि समाप्ती सम्म

Play Episode Listen Later Aug 26, 2020 24:34


५० को दशकको उत्तरार्ध तिर क्याम्पस पढ्ने बेलामा बिद्यार्थी राजनीतिमा समेत सक्रिय रहँदाको केहि अनुभबहरू साथै वर्तमान नेपाली राजनीति प्रतिको सामान्य टिप्पणी

जीवनका पानाहरू - प्रतिक्षा गर्नुहोस्

Play Episode Listen Later Jul 26, 2020 0:36


जीवनका भोगाईका व्यक्तिगत अनुभव, आदर्श र विश्वास प्रेम, बिछोड र सुख-दु:खका कुरा घरदेश र परदेशका आत्मीय अनुभव संघर्ष र सफलताका तिता-मीठा कथा अनि मानबीय समबेदनाका बिबिध पक्षहरूको एउटा शालीन प्रस्तुति

Claim YUBACAST (Yubaraj Khatiwada)

In order to claim this podcast we'll send an email to with a verification link. Simply click the link and you will be able to edit tags, request a refresh, and other features to take control of your podcast page!

Claim Cancel